सेनाले समात्यो सिंहदरबार जलाउने ग्याङ, लुटिएका सामान पनि बरामद

काठमाडाैं | भदौ २७, २०८२

सेनाले समात्यो सिंहदरबार जलाउने ग्याङ, लुटिएका सामान पनि बरामद

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेलाई पक्राउ गर्न थालेको हो । 


प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुनै चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् । 


पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ । 


सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन । 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्